
उद्यममा युवा सहभागीता बढाउन स्टार्टअप र नवप्रवर्तनका इकोसिस्टम विकास गरी उद्यमशील वातावरण सिर्जना गरिने । स्टार्टअप उद्यमीलाई सहजीकरण र नियममन गर्न स्टार्टअप बोर्ड गठन गरिने । स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्न १ अर्ब रुपैयाँको ‘नेपाल स्टार्टअप कोष’को घोषणा । युवाको उद्यमशील सोचलाई व्यवसायमा रुपान्तरण गर्न प्रत्येक प्रदेशमा बिजनेस इन्कोभेस सेन्टर सञ्चालन गरिने ।
