
काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ट्राफिक महिलाहरूलाई महिनावारीको बेला ४ दिन बिदा दिने घोषणा गरेका छन्।
गृहमन्त्री लामिछानेले आज जेठ १५ अर्थात् गणतन्त्र दिवसको अवसर पारेर समाजिक सञ्जालमार्फत् यस्तो घोषणा गरेका हुन्।

उनका अनुसार अबदेखि महिनावारीका बेला ट्राफिक महिला प्रहरीले ४ दिन सडकमा डिउटी गर्न नपर्ने भएको छ। ‘गणतन्त्र दिवस अवसरमा शुभकामनासहित एउटा सानो प्रयास: अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयम् सेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ’, गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्।