
काठमाडौं- आज १७औं गणतन्त्र दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै छ।
शासन व्यवस्था परिवर्तन भएर नेपाल गणतन्त्रात्मक मुलुक भएको १६ वर्ष पूरा भएको उपलक्ष्यमा आज काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरू कुटनीतिक नियोगका प्रमुख तथा सुरक्षा निकायका उच्च पदाधिकारीको उपस्थितिमा गणतन्त्र दिवसको विशेष कार्यक्रम आयोजना भएको हो।
सो अवसरमा नेपाली सेना, नेपाल प्रहरीलयागतले विभिन्न कला कौशलको प्रस्तुती देखाएका थिए।
२०६२/०६३ को जनआन्दोलनपछि भएको संविधानसभा निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा राजतन्त्रको अन्त्य गरि गणतन्त्रको घोषणा गरेको थियो।
सोही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ का दिन गणतन्त्र दिवस मनाउने गरिन्छ।
थप तस्बिरहरू: