सरोज कुमार यादव
सर्लाही । सर्लाहीको विभिन्न स्थानमा च्याउ झै दर्ता बिना नै बोर्डिङ स्कुलहरु संचालनमा रहेको छ । दर्जनौं बोर्डिङ स्कुल दर्ता बिना अबैध रुपमा संचालनमा रहेको स्थानियहरु बताउँछ ।

केही बोर्डिङ स्कुलहरु ८ सम्म कक्षा संचालन गरेको देखिन्छन् । नयाँ शैक्षिकसत्र सुरु भए संगै उनीहरुले अहिले शिक्षालाई कमाउन बाटो बनाएका छन् । गाउँ देखि प्रमुख बजार सम्म यस्ता कयौं निजि बिधालयहरु दर्ता बिना नै संचालनमा रहेको एक स्थानिय अगुवाले बताए ।

उनका अनुसार जिल्लाको हरिपुर्वा नगरपालिका ६ स्थित गुरुकुल इङलिस बोर्डिङ स्कुल, हरिपुर्वा ९ स्थित गडगिफ्ट इङलिस बोर्डिङ स्कुल, बसन्तपुर स्थित नयाँ स्कुल, बयलबास नेसनल एकेडेमी, श्रीनगर एकेडेमी स्कुल, पर्सा गाउँपालिका स्थित राजदेवी ईङ्लिस बोर्डिङ स्कुल २ कक्षा सम्म मात्र दर्ता रहेको छ , तर ६ कक्षा सम्म संचालन गर्दै आईरहेका छन् | त्यसै गरि ब्रहमपुरी ६, पिपरा स्थित आर आर एनपिएस ईङ्लिस बोर्डिङ स्कुल, विनायक ईङ्लिस बोर्डिङ स्कुल, ईश्वरपुर नगरपालिका १, चौलिखा बजार स्थित न्यु भिजन ईङ्लिस बोर्डिङ स्कुल , सोही स्थानमा रहेको टेमुक एकेडेमी दर्ता बिना नै संचालन भएको पाइएको छ । जिल्लाको विभिन्न धेरै जसो स्थानमा कक्षा ५ सम्मको अनुमति लिएर कक्षा ८ सम्म पठनपाठन गराउदै आएको छ ।

यस्ता निजी बिधालयमा अनुगमन गरि बन्द गर्न स्थानिय सरकार तथा सरोकारवाला निकायको ध्यान पुगेको देखिदैन ।

आफू खुशी विद्यालयको स्तर वृद्धि गर्ने र एउटा विद्यालयमा पढाएर अर्को विद्यालयको सर्टिफिकेट समेत दिने गरेको भेटिएकोले गैरकानूनी बोर्डिङ स्कूलको निगरानी बढाउनु पर्ने देखिएको छ |

दर्ता भएका कतिपय विद्यालयले समेत आफू खुशी विद्यालयको कक्षा थप गरेर संचालनमा ल्याएको समेत फेला परेको छ |

सर्लाही जिल्ला भरी नै अवैध रुपमा दर्ता नै नभएर संचालमा आएका निजी विद्यालयहरुले विद्यार्थीको भविष्य र अभिभावको रकम समेत ठगिरहेका छन्। नियमनकारी निकायहरु सुस्त हुँदा र कारवाही नहुँदा प्रत्येक वर्ष दर्ता नभएका नयाँ विद्यालय संचालनमा आउने क्रम रोकिएको छैन्।

स्थानीय सरकारको नजिक रहेका मानिसहरुले पनि नयाँ बोर्डिङ खोलेर एकैचोटी माथिसम्मको विद्यार्थी तानिरहेको भए पनि सम्बन्धित निकाय मौन छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर