काठमाडौं । स्कारलेट जोहान्सन हलिउडकी चर्चित अभिनेत्री हुन् । सन् २०१८–०१९ मा उनी विश्वको सबैभन्दा धेरै कमाउने अभिनेत्री थिइन् । उनी धेरैपटक फोर्ब्स सेलिब्रेटीको १०० सूचीमा परेकी छन् ।

यी अभिनेत्रीबारे नयाँ अपडेट छ । उनले ओपनएआईको च्याटबोट च्याटजीपीटी–४० को लागि आफ्नो आवाजलाई दिन अस्वीकार गरेकी थिइन् ।

मिडिया रिपोर्टका अनुसार ओपनएआईले उक्त फिचरका लागि स्कारलेटसँग निकै मिल्दोजुल्दो आवाज प्रयोग गरेपछि उनले आफू अचम्मित र आक्रोशित भएको बताएकी छन् । स्काटरलेटका वकिलले पनि कम्पनीलाई उसको च्याटबट स्काईबाट आवाज हटाउन आग्रह गरेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग स्कारलेटले भनिन्, ‘गत सेप्टेम्बरमा मैले स्याम अल्टम्यानबाट प्रस्ताव पाएँ । उहाँ एआईका लागि मेरो आवाज चाहनुहुन्थ्यो । मेरो आवाजले प्रविधि र क्रिएटिभ कम्पनीबीचको दूरी घटाउने उनको बुझाइ थियो । साथै, मेरो आवाजले मानिसलाई सहज बनाउन सक्छ ।’

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर