काठमाडौं २४ बैशाख। उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर बनेको नयाँ दल जनता समाजवादी पार्टी(जसपा) लाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ।
पार्टीको केन्द्रीय अध्यक्ष अशोक राई छन् । संघीय परिषद्को अध्यक्ष राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादव सहअध्यक्ष बनेकी छिन् ।

नयाँ दलमा नवल किशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ गरी चार जना उपाध्यक्ष छन् ।

महासचिवमा ईस्तियाक राई, उपहासचिवमा बाराका प्रदीप यादव छन् भने सचिवमा दीपक कार्की र सप्तरीकी रञ्जु ठाकुर तथा कोषाध्यक्षमा वीरेन्द्र महतो रहेका छन् ।
केन्द्रीय सदस्यमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, रामेछापका मनिकर कार्की, आङकाजी शेर्पा सोलुखुम्बु,मोहन लाल चौधरी पर्सा, कृष्ण बहादुर धजु भक्तपुर,लाल बहादुर तामाङ काठमाडौं, राधा तिमिल्सिना ललितपुर,सीमा सिंह सर्लाही, कमाल विश्वकर्मा गुल्मी, शोभा बज्राचार्य काठमाडौं,प्रमोद गुप्ता, पारस शाह बारा, पञ्चलाल महर्जन काठमाडौं, केशव पौडेल बर्दिया, हसिना खान बाँके, नानु थामी दोलखा, हेमन्तराज भण्डारी माण्डव्य कैलाली, पिंकी देवी यादव पर्सा र नवीन सुनुवार रामेछाप रहेका छन।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर