काठमाडौँ । दक्षिण छिमेकी राष्ट्र भारतका प्रधानन्यायाधीश डा. धनञ्जय यशवन्त (डी वाई) चन्द्रचुड नेपाल आइपुगेको छन्। उनी शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएपुगेका हुन्।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणमा उनी नेपाल आइपुगेका हुन्। शनिबार काठमाडौंमा हुने किशोर न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सहभागी हुने कार्यक्रम छ।

उनलाई स्वागत गर्न सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराई, मुख्य रजिस्ट्रार देवेन्द्र ढकाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव लगायत विमानस्थल पुगेका थिए।

शनिबार साँझ नै उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग भेट्ने कार्यतालिका रहेको छ। शनिबार राति नै प्रधानन्यायाधीश श्रेष्ठले रात्रीभोजको आयोजना समेत गरेका छन्।

भ्रमण दलमा उनकी पत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा रहेका छन्।

उनी आइतबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर