जाँच गराएर मात्र खानुपर्ने हुन्छ, नत्र यसले फाइदाको सट्टा बेफाइदा गर्न सक्छ । भिटामिन ईको कमी दुर्लभ रुपमा मात्र हुन्छ । शरीरमा यसको अभाव एकदम न्यून भेटिन्छ ।

कसले खानुहुँदैन ?

पेटसम्बन्धी समस्या, मुटुको समस्या, रगतसम्बन्धी समस्या, कलेजोको समस्या भएका व्यक्तिलाई भिटामिन ई दिनुहुँदैन कि खानुहुँदैन । रगत पातलो गर्ने औषधि सेवन गरिरहेका व्यक्तिले यसले झन् स्वास्थ्यमा समस्या हुनसक्छ । किनभने रगत यसको अत्यधिक सेवनले रक्तस्रावको खतरा बढ्छ । त्यसैले गर्भवती महिलाले भिटामिन ईको सेवन कम गर्नुपर्छ । किनभने यसले गर्दा गर्भपतन हुने सम्भावना बढी हुन्छ ।

भिटामिन ईका फाइदा

भिटामिन ईले छालालाई स्वस्थ राख्न मद्दत गर्छ । भिटामिन ईले छालालाई सुक्खा, चाउरीपन र सूर्यको विकिरणबाट जोगाउँछ । साथै समयअगावै देखिने चाउरीपनको समस्याबाट टाढा राख्छ ।

भिटामिन ईले रातो रक्त कोषिकाको निर्माणमा सहयोग गर्छ । जसकारण मुटुरोगका जोखिम कम गराउँछ । त्यस्तै महिनावारीबाट हुने दुखाइबाट टाढा राख्न मद्दत गर्छ । स्ट्रोक अर्थात् मस्तिष्कघात र क्यान्सर जस्ता दीर्घकालीन रोगबाट जोगाउँछ ।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर