सुनको मूल्य सोमबार घटेको छ।

शुक्रबार र आइतबार स्थिर रहेको सुन सोमबार भने १ हजार १ सय रुपैयाँ सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

योसँगै छापावाल सुन आज १ लाख ३८ हजार २ सय र तेजाबी सुन १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ। त्यसैगरी चाँदी पनि आज ३५ रुपैयाँले सस्तो भएको छ।

महासंघका अनुसार उक्त दरले घटेको चाँदी आज १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ३ सय ६८ अमेरिकी डलर र चाँदी प्रतिऔँस २७.९३ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर