Kushal Bhurtel of Nepal and Mahamad Asif Sheikh of Nepal run between the wickets during the ACC Men’s Premier Cup 2024 Group A match between Nepal and Malaysia held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 12, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

एसीसी प्रिमियर कपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले विजयी सुरुवात गरेकाे छ। शुक्रबार भएकाे आफ्नाे पहिलाे खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएकाे हाे।

ओमानले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले ४ बल अगावै ५ विकेटको क्षतिमा भेट्टायाे। नेपालका लागि सन्दिप जाेरा १२ र गुल्सन झा १९ रनमा नटआउट रहे।

ओपनर कुशल भुर्तेल २४ रन बनाउँदा पवनदिप सिंहको बलमा एलबीडब्लु धरापमा परे। अर्का ओपनर आशिफ शेख ३२ रन बनाउँदा विरनदिप कै बलमा विकेटकिपरको हातबाट आउट भए।

कप्तान रोहित पौडेल ३२ रन बनाउँदा क्याच आउट नै हुन पुगे। २६ बलमा १ चौका र १ छक्का हानेका रोहित विरनदिप कै बलमा क्याच आउट भएका हुन्। दिपेन्द्र सिंह ऐरि १५ र कुशल मल्ल ७ रनमा क्याच आउट भए।

नेपालका लागि मलेसियाका विरनदिप घातक बन्न पुगे। उनले ३ विकेट लिए। पवनदिप सिंह र मुहम्म्द वाफिकले समान एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि ओमानको अल अमरेतस्थित टर्फ १ मा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ४३ रनको योगफल तयार पारेको थियो।

दोस्रो विकेटका लागि कप्तान विरनदिप सिंह र सर्भिन मुनियान्डेले ८२ रनको साझेदारी गरे। ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरेका सर्भिन ४१ रन बनाउँदा अभिनास बोहोराको बलमा बोल्ड आउट भए।

अर्का ओपनर मोहम्मद अमिर ३६ रन बनाउँदा क्याच आउट भए। सैयद अजिज ६ रन बनाएर पेभेलियन फर्के।

कप्तान विरनदिप ७२ र नाज्मुस सकिव ८ रनमा नटआउट रहे। विरनदिपले ५५ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। नेपालका लागि दिपेन्द्र सिंह ऐरिले २ तथा अविनास बोहोराले एक विकेट लिए।

नेपालले आफ्नो दोस्रो खेलमा शनिबार कतारसँग खेल्ने तालिका छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर