
काठमाडौँ,२५चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र २७ गतेको पार्टीको बिरोध प्रदर्शनमा सरकारले तोकेका निषेधित क्षेत्रहरू तोडेर अघि बढ्ने बताएका छन्।
उनले भने, ‘कथित निषेधित क्षेत्र घोषणा गरेर सरकारले अवरोध गर्न खोज्यो भने त्यसको प्रतिरोध गर्नेछौँ र प्रतिवाद गर्नेछौँ। निषेधित क्षेत्रहरु राप्रपाले तोडेर अघि बढ्नेछ। त्यस प्रकारको मुठभेडको स्थिति सरकारले निर्माण नगरोस्।’

शनिवार भद्रकाली मन्दिर परिसर क्षेत्रमा नेता राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शनका क्रममा प्रहरीले भिक्षुकहरुमाथि लात्ती प्रहार गरेको थियो। सोही विषयलाई लिएर सरकारको चर्को आलोचना भइरहेको छ।
अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग समान विचार राख्ने पार्टी र व्यक्तिहरूलाई एकतावद्ध भइ आन्दोलनमा होमिन आग्रह गरे। उनले देश बचाउने र बनाउने मुद्दामा सबै एक हुनुपर्ने बताए।