काठमाण्डौं,२३ चैत्र । सर्लाहीका एसपी दयानिधि ज्ञावालीको निर्देशनमा तस्करी भईरहेको समाचार कोशी टेलिभिजनले प्रशारण गरेपछि गृह मन्त्रालयले एसपी ज्ञवालीको सरुवा गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग नक्सालले शुक्रवार जारी सरुवा लिष्टमा सर्लाही प्रहरी प्रमुख एसपी दयानिधि ज्ञवालीलाई नेपाल प्रहरी केन्द्रिय विषेश कार्यदल काठमाण्डौं सरुवा गरेको हो ।
एसपी ज्ञवालीको ठाउँमा सर्लाही प्रहरी प्रमुखको रुपमा प्रहरी प्रधान कार्यालयमा रहेका एसपी रबिन्द्र बहादुर सिंहलाई पठाएको छ ।

सरुवा भएका एसपी ज्ञवालीको निर्देशनमा एक साता यता सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलोमतोमा करिब दुई करोड भन्दा बढी मूल्य बराबरका कपडा, प्याज , स्पेयर पार्ट्स , किराणा आईटम नेपाल भित्रिएको हो ।
शान्ति सुरक्षाका साथै सीमा निगरानीको जिम्मेवारी पाएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको साँठगाँठ मिलेपछि तस्कर समूहले कपडा तथा किराना आईटम र स्पेयर पार्ट्स भित्रयाउने गरेको पाइएको छ ।
नव आगन्तुक एसपी रबिन्द्र बहादुर सिंहले अब कसरी चलाउने हो सर्लाही जिल्ला हेर्न बाँकी छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर