
काठमाडौँ,२३ चैत । प्रहरी प्रधान कार्यालयले केही जिल्लाका प्रमुख सहित प्रहरी उपरक्षिक (एसपी)को सरुवा गरेको छ।
जिल्ला प्रहरी कार्यालय बारा, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, बाँके, नुवाकोटका प्रहरी प्रमुख सरुवा भएका छन्।

जिल्ला प्रहरी कार्यालय बारामा महेन्द्र खड्का सरुवा भएका छन्। रौतहटमा दिलीप घिमिरे, महोत्तरीमा नकुल पोखरेल, धनुषामा भुवनेश्वर तिवारी, सर्लाहीमा रविन्द्र बहादुर सिंह र बाँकेमा तुलबहादुर कार्कीलाई सरुवा गरिएको छ।
नुवाकोटमा शान्तिराज कोइराला सरुवा भएका छन्।
को कहाँ ?