सप्तरी,२३ चैत्र । सप्तरीको राजविराजमा सुरु भएको महाविष्णु यज्ञको आज आठौं दिन पुगेको छ । राजविराज नगरपालिका ६ स्थित खर्शालमा ९ कुण्डीय महाविष्णु महायज्ञ सुरु भएको हो ।

बिहिबारदेखि सुरु भएको यो महायज्ञ नौ दिनसम्म चल्ने महाविष्णु महायज्ञका व्यवस्थापन समितिको संयोजक खुसीलाल यादवले बताए । यज्ञमा बिहान वेद ध्वनी, कलश पुजा, हवन, भोग आरती,कथा प्रवचन र साँझ रासलिला हुदै आएको उहाँले बताउनुभयो ।

‘नौ दिन सम्म चल्ने महायज्ञमा भारतको अयोध्याबाट आएकी देवी चन्द्रकलाले राम कथा वाचन गर्दै आएकी छिन । यज्ञ आयोजक समितिका अध्यक्ष यादवका अनुसार यस महायज्ञको मुख्य उद्देश्य राष्ट्र कल्याण नै हो । हामी यसैका लागि यो महायज्ञ गरेका हौं । यज्ञ स्थलमा विभिन्न देवी देवताका १०८ वटा मुर्ति बनाईएको छ । दैनिक यज्ञ हेर्न र कथा सुन्न करिब ५ हजार मानिस आउने गरेको आयोजकको दाबी छ । यज्ञपछि कुस्ती प्रतियोगिताको आयोजना गरिने समेत कार्यक्रम रहेको छ ।
शुक्रवार हाम्रो क्यामरामा कैद भएको यो दृश्यहरु

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर