नवीन नरसिंह नेपाली
काठमाडौं,९ चैत्र । सर्लाहीका दुई एसपी दयानिधि ज्ञावाली र बिनोद राज खनालको निर्देशनमा किराना,कपडा तथा प्याज तस्करी भई नेपाल आएको स्रोतले जनाएको छ ।
जिल्लाको मधुवनी,अर्नाहा, बलरा, हथियौल, छंकिटोला, नाका हुँदै एक हप्ताभित्र करोडौँ मूल्यका कपडा तथा किराना आईटम र स्पेयर पार्ट्स नेपाल भित्रिएको छ । नेपालबाट चाईनिज लाईटर, चाईनिज स्याउ, गिट्टी बालुवा भारत तस्करी गराउने गरेको छ ।

एक साता यता सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलोमतोमा करिब दुई करोड भन्दा बढी मूल्य बराबरका कपडा, प्याज , स्पेयर पार्ट्स , किराणा आईटम नेपाल भित्रिएको हो ।

शान्ति सुरक्षाका साथै सीमा निगरानीको जिम्मेवारी पाएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको साँठगाँठ मिलेपछि तस्कर समूहले कपडा तथा किराना आईटम र स्पेयर पार्ट्स भित्रयाउने गरेको पाइएको छ ।

एकजना भारतीय नागरिकका अनुसार रातिको समयमा तस्कर समूहका मुख्य नाइकेहरू प्रहरीकै ग्रिन सिग्नल पाएपछि कपडा तथा किराना आईटम र स्पेयर पार्ट्स नेपाल भित्रयाउने गरिएको हो । कपडा तस्करीको लागि मासिक रुपमै लाखौँ रुपैयाँ नजराना बुझाउने गरेको नाम नखोल्ने सर्तमा एक ब्यपारीले बताए ।

प्रहरी चौकी सिमरा फेन्हराका प्रहरी नायब निरीक्षक जोखन बैठा र प्रहरी चौकी मधुवनिका प्रहरी सहायक निरीक्षक संजय यादव, प्रहरी चौकी बराउधोरन , क्रमस : ब्रहमपुरी , छंकी टोला , त्रिभुवन नगर , गोरखकाली , नारायणपुर , संग्रामपुर , खुटौना , पर्सा , अर्नाहाका इन्चार्जहरुले मासिक रुपमै तस्करहरू संग रकम बुझेपछि तस्करीको लाइन खुलाइदिएका छन् । नेपालमा अवैध रुपले भित्रिएको कपडा, प्याज, किराणा आईटम , मेसिनरी पार्टस , मुलुकको बिभिन्न ठाउहरूमा ट्रान्सपोर्टकै माध्यमले पुग्ने गरेको छ ।

मधुवनी,अर्नाहा, बलरा, हथियौल, छंकिटोला, नाका हुँदै मनोज मुखिया , बिजय यादव , राजेश सिंह , नवीन चौधरी , राम बाबू शाह , सुनिल जैसवाल, चुनु दास , पन्कज , रामा शंकर साह , सन्तोष साह , कन्हैया मिश्र , बलरा नगरपालिका – ५ का वडा अध्यक्ष मनोज कुश्वाहा,(पंडित जी)भनिने लगायत दर्जनौ तस्कर तस्करी गर्न सक्रिय रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञावालीले सर्लाहीका सम्पूर्ण युनिटहरूलाई ठाडो आदेशमा रकम असुली गर्न दिएको स्रोतको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय ललितपुरबाट सर्लाहीको कमाण्ड गर्न पाएका ज्ञावालीले सर्लाही आउन लाखौँ खर्च बुझाएकाले सशस्त्र एसपी खनालसँग मिलेर सीमामा तस्करीको लाइन खुलाएको स्रोतको दावी छ । उनकै छत्रछायामा इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका प्रमुख बरिष्ट सई गौरी शंकर शाह र इलाका प्रहरी कार्यालय बलाराका प्रमुख प्रहरी नायब निरीक्षक शम्भु पौडेल लगायत सिमामा पर्ने सबै ईलाका र चौकीबाट तस्करीको लाइन खोलेको प्रहरी श्रोतले जनाएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर