
राजविराज,३ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र कुमार चौधरीले पार्टी अध्यक्ष परिवारवादमा फसेको बताउनु भएको छ ।
कोशी टेलिभिजनको कोशी बिषेश कार्यक्रममा केन्द्रिय सदस्य चौधरीले सो कुरा बताउनु भएको हो ।
नेता चौधरीले लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष महन्थ ठाकुर आफ्नो परिवारवाद र जातिवादमा फसेर पार्टीलाई कमजोर बनाएको आरोप लगाउनु भयो ।
एकल जातिवादी पार्टी बनाउनु गलत हो, उहाँले जसरी केन्द्रिय समिति बनाउनु भएको छ, त्यसले नै स्पष्ट हुन्छ कि लोसपा एकल जातिको पार्टी हो । तपाईले केन्द्रिय समितिको लिष्ट हेर्नु लोसपा के हो बुझनु हुन्छ । त्यसैले हामीले पार्टी अध्यक्षलाई पटक—पटक भन्यौ—अब हजुर सर्वमान्य नेता भएर विश्राम गर्नुस पार्टी हाक्ने अभिभारा युवालाई दिनुस् तर उहाँले मान्नु भएन । उहाँ बाँचुन्जेल पार्टीको अध्यक्ष भईरहने मनस्थितीमा हुनुहुन्छ । हामी अझै लोसपालाई सहि दिशामा ल्याउने प्रयासमा छौं ।
नेता चौधरीले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति अभियान कुनै पार्टी नभई अभियानकै रुपमा अगाडी बढेकोले यसमा कुनै पनि दलका व्यतिm सहभागी हुन सक्ने बताए । उहाँले अहिलेको पार्टीहरुले देश र जनताले आशा गरे अनुसार काम गर्न नसकेकोले पार्टी भन्दा माथि उठेर यो राष्ट्रिय मुक्ति अभियान चलाउनु परेको बताए । उहाँले अब यो अभियानले नै सबै जाति, जनजाति, मधेशी, अपहेलित, आदीवासी जनजाति लगायतका सबै वर्ग र समुदायको मुक्ति हुने भएकाले यो अभियानमा लाग्न आग्रह गर्नुभयो । नेता चौधरीसँगको विषेश अन्तरवार्ता आज(शनिवार) राति ८ः बजे कोशी फोरके टेलिभिजनमा हेर्न सक्नुहुनेछ ।
