
बलिउड सुपरस्टार अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । ८१ वर्षीय बच्चन शुक्रबार बिहान ६ बजे भारतकाे मुम्बईमा रहेकाे कोकिलाबेन अस्पतालमा भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनी उच्च सुरक्षाका साथ अस्पताल पुगेका थिए ।

एन्जियोप्लास्टी शल्यक्रियाका लागि बच्चन अस्पताल भर्ना भएको खुलेको छ । मुटुमा रक्तसञ्चार गर्ने धमनीमा अवरोध भएपछि एन्जियोप्लास्टी शल्यक्रिया गर्ने गरिन्छ ।
बच्चनको काँधमा समस्या आएको बताइएको छ । उनको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ ।
केही दिनअघि उनको खुट्टामा चोट लागेको थियो । यस्तैमा उनी अस्पताल भर्ना भएको कतिपय भारतीय सञ्चारमाध्यमले खबर छापेका छन् ।