नेपाली महिला फुटबल टोली फिफा वरीयतामा ५ स्थानमाथि उक्लिएको छ।

विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको मार्चको वरियतामा नेपाल १ सय स्थानमा उक्लेको छ।

साउदी अरेबियामा वाफ महिला च्याम्पियनसिप खेलेको महिला टोलीले ५ स्थान सुधार गरेको हो।

फिफा वरीयताको दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा छ। नेपालभन्दा अघि भारत छ। भारत एक स्थान तल झर्दै ६६ औँ स्थानमा पुगेको छ।

बंगलादेश १४०, श्रीलंका १५७, पाकिस्तान १५८, माल्दिभ्स १६१ र भुटान १७३औं स्थानमा छन्।

वरियताको शीर्ष स्थानमा विश्वकप विजेता स्पेन छ। इङ्ल्यान्ड दोस्रो, फ्रान्स तेस्रो, अमेरिका चौथो र जर्मनी पाँचौ स्थानमा छन्।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर