नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले नेपाल कला र संस्कृतिका क्षेत्रमा धनी देश भएको उल्लेख गर्दै कला संरक्षणमा सधैँ सहकार्य गर्न इच्छुक रहेको बताएका छन्।

काठमाडौँमा शुक्रबार सुरु तीनदिने ‘कलाशाला’को उद्घाटन गर्दै उनले दुई दशक बढी समय नेपालसँग युरोपेली सङ्घले सहकार्य गरिरहेकामा खुसी व्यक्त गरे।

‘नेपालसँगको सहकार्य गहिरो हुँदै गएको छ’, उनले भने, ‘हाम्रो सम्बन्ध अझै प्रगाढ हुँदै जानेछ।’

इन आर्ट वल्र्डको आयोजनामा पहिलोपटक नेपालमा ‘कलाशाला’ भएको आकार आर्ट सेन्टरका अध्यक्ष अनिता भट्टराईले जानकारी दिइन्।

प्रिन्ट मेकिङ, चित्रकला, मूर्तिकला, डिजिटल आर्ट, परम्परागत कलालगायत कलाका विभिन्न विधालाई समेटेर एकै थलोमा कार्यशाला गरिएको छ।

सबै कलाको संयोजनले एकरुपता र आत्मीयताको विस्तार हुने अध्यक्ष भट्टराईले बताइन्। रासस

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर