
काठमाण्डौं,२२ फागुन । मंगलवार राति देखि सामाजिक सञ्जाल, म्यासेन्जर र इन्स्टाग्राम आफै लगआउट भएको छ । सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुले कोशी टेलिभिजन न्यूज डेस्कलाई दिएको जानकारी अनुसार मंगलवार राति ९ः५० बजे देखि फेसबुक खाता(अकाउण्ट), म्यासेन्जर र इन्स्टाग्राम आफै मोबाईल सेटबाट लगआउट अर्थात बन्द भएको छ । फेसबुक किन बन्द भएको हो वा फेसबुकको सरर्भर डाउन लगायतका अन्य कुनै प्राविधिक कठनाईका कारण यस्तो भएको हो भने यकिन जानकारी प्राप्त हुन सकेको छैन ।
समस्या देखिएपछि विश्वभरका फेसबुक र इन्स्टाग्रामका प्रयोगकर्ताले गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् ।
