काठमाण्डौ । मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहका निजी स्वकीय सचिवले एक जना पत्रकारलाई ज्यान मार्ने धम्की दिएको छ ।
मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले ९८१५८७५४९१ नम्बरकोे मोबाईलबाट फोन गरी सर्लाहीको धड्कन एफ.एमका संचालक पत्रकार शिव कुमार महतोलाई समाचारको विषयलाई लिएर ज्यान मार्ने धम्की दिएको हो ।
त्रिपाठीले पत्रकार महतोलाई समाचार किन लेखेको धेरै बुझने भयो तिमी, पख तेरो खुट्टा काट्छु । तेरो पत्रकारिता निकाली दिन्छु भन्दै धम्की दिएको पीडित पत्रकार महतोले बताए । पत्रकार महतोले त्रिपाठी सँग भएको सम्वाद रेकर्ड समेत गरेको छ । पत्रकार महतोले कोशी टेलिभिजनलाई उपलब्ध गराएको मोबाईल फोनको कल रेकर्डमा मन्त्री सिंहका स्वकीय सचिव बताउने मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीलले निम्न स्तरको जंगली शैलीमा गाली गलौज गरेको स्पष्ट सुन्न सकिन्छ । यस विषयमा हामीले उत मोबाईल नम्बरमा फोन गरी थप कुरा बुझन खोज्दा यसरी सम्वाद गरेका थियौं र उहाँको जवाफ यस्तो आयो

कोशी न्यूज डेस्कः हेलो तपाई निकेश जी हो ?
व्यति: होईन । म निकेश, सीकेश होईन ।
कोशी न्यूज डेस्कः अनि तपाई को हो ?
व्यति :भन्नु न के काम थियो ।
कोशी न्यूज डेस्कः तपाईले आफ्नो नाम बताउँदा के हुन्छ ।
व्यति: म भनदिँन । किन चाहियो ।
कोशी न्यूज डेस्कः म कोशी टेलिभिजनबाट हो, सर्लाहीका पत्रकार शिव कुमार महतोलाई तपाईले किन गाली गर्नु भयो ।
व्यति: त्यस्तो झुठो न्यूज लेख्ने पत्रकारले यस्तै गाली खाने हो, अभै उसलाई फोन जान्छ ।
कोशी न्यूज डेस्कः समाचारमा के गल्त लेखेको छ उसले ?
व्यति: त्यो न्यायधिश हो, उसले कहाँबाट खबर पायो, फैसला भएकै छैन । भन्दै उसले फोन काट्यो । हामीलाई आफ्नो परिचय बताउन नचाहने उक्त व्यतिm स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहको स्वकीय सचिव निकेश त्रिपाठी रहेको बुझिएको छ ।

राजनितिक शक्ति र पैसाको पावरमा मातिएका सिंहका पीएको ताण्डबको अहिले सबै सञ्चारसम्बद्ध संघ संस्थाले विरोध गरिरहेको छ । शुक्रवार नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले एक प्रेस विज्ञप्ती जारी गरी पत्रकार महतोलाई गाली गलौज र धम्की दिनेलाई कानुनी कारबाहीको माँग गरेको छ । पत्रकार महासंघ केन्द्रिय महासचिव रोशन पुरीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । त्यस्तै नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव सुनिल ठाकुरले विहिवारकै एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार महतोलाई धम्की दिनेलाई कडा भन्दा कडा कारबाहीको माँग गरेको छ । प्रेस सेन्टर सर्लाही शाखाले पनि पत्रकार महतोलाई समाचारको विषय लिएर गाली गलौज तथा ज्यान मार्ने धम्की दिने मन्त्री सिंहका पीए त्रिपाठीलाई कानुनी कारबाहीको माँग गरेको छ । सेन्टरका सर्लाही सचिव राधेश्याम कुशवाहले जारी गरेको विज्ञप्तीमा पत्रकार महतोको सुरक्षा प्रति स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई संवेदनशिल बन्न आग्रह समेत गरेको छ ।
यसैबीच शुक्रवार ब्रोडकास्टिग एसोशिएसन अफ नेपाल मधेश प्रदेशले पनि पत्रकार शिव कुमार महतो सँग भएको घटनाको विरोध तथा भत्सना गरेको छ । ब्रोडकास्टिग एसोशिएसनका मधेश अध्यक्ष आशिंक अन्सारीले एक प्रेस विज्ञप्ती जारी घटनाको भत्सना गरेको हो ।

धम्की दिनुको कारण के थियो ?
नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहलाई भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेको समाचार लेखेकै कारण त्रिपाठीले पत्रकार महतोलाई ज्यान मार्ने धम्की दिएको थियो ।
अब तपाईलाई यो लाग्न सक्छ कि नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह र मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहको स्वकीय सचिव निकेश त्रिपाठी बीचको सम्बन्ध के हो ? हो तपाईको मनमा लागेको प्रश्नको जवाफ हो सिंहद्धय सहोद्धर दाजुभाई हुन । मन्त्री बिरेन्द्र सिंह र कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह दाजु भाई हुन,त्यसकै साईनोले मन्त्री सिंहका पीए त्रिपाठीले पत्रकार महतोलाई धम्की दिएको देखिन्छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर