काठमाण्डौं,५ फागुन। खानेपानी मन्त्री तथा नेपाल समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादवले मधेशी जनताले दिएको जनादेश अनुसार मधेशवादी दलहरु चल्न नसकेको बताउनु भएको छ ।
कोशी टेलिभिजनको “कोशी विषेश” कार्यक्रममा मन्त्री यादवले सो कुरा बताउनु भएको हो ।

मन्त्री यादवले मधेशी,आदिवासी जनजाति,थारु,मुस्लिम र अल्पसंख्यक जनताको माँग सम्बोधन भएपछि बल्ल यो संविधान पूर्ण हुन्छ, राज्य संरचनामा जुन हाम्रो १० प्रदेशको माँग थियो त्यो अहिले पनि जीवित रहेको बताए ।
हामी यस कारण यो संविधान मान्यौ किन भने यो संविधान भित्र संघीय लोकतान्त्रिक गणतन्त्र छ जुन ऐतिहासिक सफलता हो । हामीले पाएको अधिकारलाई संरक्षित गर्दै थप अधिकारका लागि अगाडी बढ्ने हो र हामी त्यही बाटोमा छौं ।

उहाँले पछिल्लो चरणमा मधेशवादी दलहरु सत्ता मोह र परिवारवादमा फसेकाले मधेशी जनतामा निराशा छाएको बताए । उहाँले संघीयताको अधिकारहरु अहिले पनि प्राप्त भएको छैन, प्रदेशमा स्वायता र सुशासन छैन । यस्तो संघियता हामीले खोजेको होईन, हामीले अधिकार सम्पन्न संघियताको परिकल्पना गरेका थियौं ।

मधेश केन्द्रित दलहरु सत्ता चिप्साका कारण विरक्त भएको बताउँदै एक जना जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एक पटक जनताले जनादेश नदिएपछि सांसद बन्नकै लागि फेरी अर्को ठाउँबाट चुनाव लड्नु हस्यास्पद हो । बरु उहाँले ५ वर्ष परर्खिनु पर्ने थियो तर त्यस्तो गरेनन् । यो सत्ता मोह नभई अरु के हो । उपेन्द्र यादव मधेशको माँग र मुद्धालाई भजाएर खाने स्वार्थी र संक्रिन सोचका नेता रहेको उहाँले आरोप लगाउनु भयो ।
मधेश अहिले पनि आन्तरिक उपनिवेशको शिकार रहेको बताउँदै मन्त्री यादवले मधेशलाई समृद्ध गर्न सबै दलहरु एक मत हुनुपर्नेमा जोडदिनु भयो ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर