पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु बेनीघाट सडकमा शनिबार (आज) बस दुर्घटना भएको छ।

शनिबार बिहान भएको दुर्घटनामा ३० यात्रु घाइते भएका छन्।

काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बा ५ ख ५०७१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ क नम्बरको ट्रकसँग ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई मलेखुस्थित सामुदायिक अस्पताल र गजुरी अस्पतालमा उपचारका लागि लगिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडाैँतर्फ पठाइएको धादिङ प्रहरीले जनाएको छ

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर