पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।

नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटीको बैठकमा सहभागी हुन पुगेका बेला नेम्वाङ बुधबार बिहान अस्वस्थ भएका थिए।

एमाले केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्जसमेत रहेका उनी बैठकमा सहभागी हुन फुङिङ पुगेका थिए।

नेम्वाङ अचानक बिरामी भएपछि जिल्ला अस्पतालमा उपचार गरिएको थियो। त्यसपछि उनलाई थप उपचारका हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।

नेम्वाङ पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पनि हुन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर