राजबिराज,१६ माघ। आज शहिद दिवसको अवसरमा सप्तरीका प्रथम कर्मचारी शहीद प्रभु नारायण यादवको शालिकमा कर्मचारी तथा विभिन्न राजनीतिक दलका नेताहरुले माल्यअर्पण गरी उहाँ प्रति श्रद्धा सुमन व्यक्त गरेका छन्।

तत्कालीन जिल्ला विकास समितिको नायब सुब्बा प्रभु नारायण यादवको कार्यालयबाट घर फर्किने क्रममा सप्तरको राजबिराज हनुमाननगर सडक खण्डको खाँडो खोला नजिक गोली प्रहार गरी हत्या भएको थियो।

यादवको हत्यामा संग्लनलाई कारबाहीको माग सहित यादवलाई शहीद घोषना गर्नुपर्ने माग सहित स्थानिय निकायका कर्मचारीहरुको आन्दोलन पश्चियत यादवलाई सरकारले कर्मचारी शहीद घोषणा गरेको थियो।

यादवको स्मृतिमा छोराहरू राधेश्याम यादव र आदित्य राजको सक्रियतामा तिलाठी कोइलाडी गाउपालिका ८ तोपा बजारमा पनि कर्मचारी सहिद यादवको शालिक अनावरण गरिएको छ।
आज जिल्ला समन्वय समिति सप्तरीको प्राङ्गण र तिलाठी कोइलाडी गाउपालिका ८ तोपा बजारमा रहेको शहीद यादवको सालिकमा शहीद यादवका छोरा राधेश्याम यादव,जिल्ला समन्वय समिति सप्तरीका उप प्रमुख शम्भु यादव, जिससका गंगाराम शाह, गौतम चौधरी, कर्मचारी सुभाष मण्डल,राजबिराज नगरपालिकाका पूर्व मेयर शम्भु यादव, जसपाका युवा नेता निरज झा मुक्ति र तिलाठी कोइलाडी गाउपालिकाका अध्यक्ष अरुण कुमार मण्डल लगायत विभिन्न राजनीतिक दलका नेता र कर्मचारीहरुले फूलमाल र अबिर अर्पण गरेका छन्।
तस्वीरमा हेर्नुहोस –




















