काठमाडौं,१२ माघ । नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोगमाा मुद्दा चलाइएकी एकजना बालविकास शिक्षिका पनि दोषी ठहर भएकी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको बर्दगोरीया गाउँपालिकास्थित श्री माध्यमिक विद्यालयकी बालविकास शिक्षिका निरञ्जना मल्लविरुद्ध गत मंसिर १५ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

बालविकास शिक्षिका मल्लले नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको आरोपमा चलाइको मुद्दाको सुनुवाइ गर्दै विशेष अदालतले शुक्रबार दोषी ठहर गरेको हो।

अदालतका न्यायाधीश डा. खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले उनलाई पनि ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ।

मल्लले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय​ वाराणासी भारतबाट जारी भएको हाई–स्कुल परीक्षाको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएको अख्तियारले जनाएको थियो।

आयोगले शिक्षिका मल्ललाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद र जरिमाना सजाय गर्न अदालतसँग माग गरेको थियो। अख्तियारको दाबीअनुसार मल्ल पनि दोषी ठहर भएकी हुन्।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर