
आजपाद्वारा मधेश बन्दको पूर्व सन्धियामा बुधवार रुपनी बजारमा मसाल जुलुस प्रर्दशन
सप्तरी,१० माघ । आम जनता पार्टीले माघ ११ गते आह्वान गरेको मधेश बन्द सफल पार्न बुधवार सप्तरीको रुपनी लगायत जिल्लाको विभिन्न ठाउँमा मसाल जुलुस प्रर्दशन गरेको छ ।

बैंकहरुले लिने गरेका मनोमानी ब्याज फिर्ता गराउन, लघुबित र सहकारीहरुको सम्पुर्ण ऋण मिनाहा गराउन माग गर्दै आजपाले एक दिने मधेश बन्द सफल पार्न मसाल जुलुस प्रर्दशन गरेका हुन्।
मसाल जुलुस प्रर्दशन गर्न आम महिला मोर्चा लघुवित पीडित परिवारका जिल्ला अध्यक्ष सावित्री देवी चौधरीको नेतृत्वमा उपाध्यक्ष देवकुमारी सेन्चुरी, सचिव बिना शाह ,सञ्जीव शाह केन्द्रिय सद्स्य प्रमोद राणा रूपनी बजारमा मसाल जुलुसमा सहभागी भएका थिए।