
आईसीसी यू १९ विश्वकपमा पाकिस्तानविरुद्ध नेपालका लागि आकाश त्रिपाठी र आकाश चन्दले सफलता दिलाएका छन्।
यससँगै नेपालको लक्ष्य पछ्याएको पाकिस्तान केही दबाबमा परेको छ।

नेपालका लागि आकाशले २५ औँ ओभरको छैटौँ बलमा अराफत मिन्हासलाई दीपक डुम्रेको हातबाट क्याच गराए।

आकाशले पाकिस्तानका ओपनर श्यामयल हुसैन र साहजित खानलाई पवेलियन फर्काएका थिए।
२२ औँ ओभरको दोस्रो बलमा श्यामललाई विकेट किपर उत्तम थापामगरको हातबाट क्याच गराएका आकाशले चौथो बलमा आकाश त्रिपाठीको हातबाट साहजिदलाई पनि क्याच आउट गराएका थिए।
नेपालले दिएको १ सय ९८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले २७ ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा १०३ रन बनाएर खेलिरहेको छ।
पहिलो विकेटका लागि श्यामल हुसैन र सहजैब खानले २१.२ ओभरमा ८० रनको साझेदारी गरेका थिए।
हुसैनले ५९ बलमा ४ चौका र १ छक्का सहयोगमा ३७ रन बनाएर आउट भए।
अहिले क्रिजमा अजान अवाइस र साद बाइग छन्। अवाइसले १३ रन बनाउँदा बाइग शून्यमै छन्।