काठमान्डौ,४ माघ। सर्जक प्रकाश पण्डितले राष्ट्रिय भावना र देशभक्तिको गाथा समेटिएको म्युजिक भिडियो ‘मुटुभित्र नेपाल’ सार्बजनिक गरेका छन् । गीतमा रहेको ‘मर्दा पनि मुटुभित्र नेपाल….. भनेर लेख्न पाइयोस्’ भन्ने लयले सबैको मन यतिखेर तानेको छ।रास्टियताको भावनाले ओतप्रोत भएको यो गितले युबा बृदा सबैलाई आकर्षित गर्ने खालको छ।
लक्ष्मी पण्डितको प्रस्तुति रहेको सो गीत चर्चित गजल गायक थानेश्वर गौतमले गाएका हुन् । नस्यक राजेश हमालको अभिनय रहेको उक्त गीतले देशको माया ममतालाई निकै मीठो किसिमले दर्साएको छ ।

गीतका सर्जक प्रकाश पण्डित जिल्ला न्यायाधीश पनि हुन । पण्डितले गीत सार्वजनिक भएपछि यसले आफ्नो मुलुक नेपालको गाथा गाउन सबैलाई प्रेरित गर्न आवश्यक भूमिका निर्वाह गरेको बताउछन् ।

मर्दा पनि मुटुभित्र नेपाल …नेपाल….नेपाल भनी लेख्ने रहर छ ’भन्ने लय सहितको गीतले सबैलाई एकपटक देशको बारेमा सोच्न बाध्य बनाएको छ ।

गितकार पण्डितको गीतमा संसार भरि नेपालीलाई हाँसीखुृशी देख्ने रहर छ … भनेर मुलुकमा समृद्धिको कामना गरिएको छ । बालबालिकाको मस्तिष्कमा नै राष्ट्रिय झण्डाको छाप पारिएको छ । यस्तै गीतमा वीरहरुको रगतले सिँचिएको मेरो प्यारो देश …..भन्दै देशको महत्वलाई थप उजागर गरिएको छ । सो लय मार्फत यो देश सानोतिनो दुखले बनेको होइन भन्ने सन्देश दिइएको छ ।

गीतमा भनिएको छ –‘बाँचेसम्म ढाल बनि देशको सीमा छेक्ने रहर छ
आफ्नो देश नेपाल अजर अमर रहनु पर्छ भन्दै गीतमा भनिएको छ ‘ चन्द्र सूर्य आकाशमा रहेसम्म मेरो मुलुक बाँचोस् । त्यस्तै समुन्द्र देखि अकाश जहाँ जादा पनि देशकै झन्डा बोक्ने रहरसमेत गीतमा व्यक्त गरिएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर