राजविराज,३ माघ । आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साह माघ ८ गते राजविराज आउने भएको छ ।
आजपा सप्तरीद्धारा आयोजना गरिने अन्तरक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्न उहाँ राजविराज आउन लाग्नु भएको हो ।
आजपा सप्तरी जिल्ला पदाधिकारी बैठकले राष्ट्रिय अध्यक्ष साहको विशेष उपस्थितीमा माघ ९ गते राजबिराजमा अन्तरक्र्रिया कार्यक्रम सहित विभिन्न संर्घषका कार्यक्रम गर्ने निणर्य गरेको हो ।
बैठकले बैंकहरुले लिने गरेका मनोमानी ब्याज फिर्ता गराउन, लघुबित र सहकारीहरुको सम्पुणर् ऋण मिनाहा गराउन, मिटर ब्याज विरुद्ध जनआन्दोलन केन्द्र सप्तरी तथा आम जनतालाई सहज कर्जा दिलाउन पार्टीले चरणबद्ध आन्दोलनका कार्यक्रम अगाडी बढाउने , माघ १० गते मसाल जुलुस गर्ने,माघ ११ गते मधेश बन्द गर्ने निणर्य गरेको छ ।
साथै यी सघर्षका कार्यक्रमहरुलाई थप व्यवस्थित गर्न पार्टीका राष्ट्रिय अध्यक्ष पूर्व मन्त्री माननीय प्रभु साहको विशेष उपस्थितीमा माग ९ गते राजबिराजमा अनतरक्रीया कार्यक्रमा गर्ने निणर्य गरेको पार्टीका केन्द्रिय सदस्य प्रमोद कुमार शाह(राणा)ले जानकारी दिनुभयो । बैठकमा पार्टीका मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहा,केन्द्रिय सद्स्य प्रमोद राणा मधेश प्रदेस सद्स्य दिलिप साह, आनन्द यादव लगायतको उपस्थिती रहेको थियो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर