सप्तरी । हिन्दूहरुको पवित्र धार्मिक स्थल श्रीराम जन्मभूमि अयोध्याको नव निर्मित श्रीराम मन्दिरको फोटो विश्व हिन्दू परिषद् नेपालले सप्तरीको घर घरमा वितरण गरेको छ ।
परिषद्का कार्यकर्ताहरूले जिल्लाको विभिन्न पालिकहरुको घरमा पुगी फोटो वितरण गर्दै आआफ्नो घरको पुजा स्थानमा राखी पुजा गर्न र राम मन्दिरको उदघाटनको दिन दिपावली मनाउन आग्रह समेत गरेको
विश्व हिन्दू परिषद् नेपालका सप्तरी जिल्ला अध्यक्ष राम किसुन शाहले जानकारी दिनुभयो।
अध्यक्ष शाहले भगवान रामको नव निर्मित मन्दिरको उदघाटन हुने दिन
सामुहिक शंख नाद गर्न,सामुहिक घण्टी बजाउन,जिल्लाका सबै मन्दिरहरुमा ११:०० देखि २:०० सम्म सत्यसङ्ग ( किर्त्तन ) वा श्री राम जय राम जय जय रामको विजय महामन्त्र गर्ने,मन्दिर सरसफाइ गर्नुका साथै साझ आ-आफ्नो घर घरमा दिप प्रज्वलन गरी दीपावली मनाउन आग्रह समेत गरिएको बताउनु भयो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर