बिराटनगर । आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा मौसम आंशिक बदलीको अवस्था छ भने मधेशका अधिकांश भूभागलाई हुस्सु र कुहिरोले ढाकेको छ। मौसममा आएको बदलावका कारण चिसो अत्याधिक बढेको छ । मानिसहरु चिसो छल्न मुढा बालेर आगो ताप्ने तथा शहरी क्षेत्रमा हिटर ताप्ने क्रम बढेको छ ।

बिहीबार दिउँसो पनि कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहनेछ। भने मधश प्रदेशका भूभागमा भने मौसम सामान्यतया सफा रहने छ।

त्यसैगरी शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने राति सुदुरपश्चिम र प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर