
मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टसले संयुक्त रुपमा आयोजना गरेको प्रदर्शनी पुस २२ गतेसम्म चल्नेछ।
प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादन राखिएको छ।

तीन दिने प्रदर्शनमा देश तथा विदेशका प्रख्यात ब्रान्डका स्टल राखिएका छन्। प्रदर्शनीमा घर बनाउन चाहिने व्यक्ति, आर्किटेक्चर, इन्जिनियर तथा इन्टेरियर डिजाइनरको पनि सहभागिता रहेको छ।