फायल तस्वीर

इस्लामिक स्टेट (आइएस)ले इरानमा बुधबार भएको बम बिस्फोटको जिम्मेवारी लिएको छ।

इरानी सैनिकका पूर्व कमाण्डर कासिम सुलेमानीको समाधिस्थल नजिकै बुधबार बम बिस्फोट भएको घटनाको जिम्मा आइएसले लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बुधबार दिउँसो ३ बजेपछि २० मिनेटको अन्तरमा दुईवटा ठूला बिस्फोट भएको थियो। बम विस्फोटमा ८४ जनाको मृत्यु भएको थियो भने साढे २ सयभन्दा बढी घाइते भएका थिए।

इरानले आक्रमणको पछाडि इसराइलको हात रहेको बताउँदै आएको थियो।

बिहीबार आइएसको मिडिया विङ अल फुर्कानले विज्ञप्ति जारी गरेर घटनाको जिम्मा लिँदै आफ्ना दुई जना लडाकुले त्यहाँ आत्मघाती बिस्फोट गरेको जनाएको छ।

सिएनएनका अनुसार आत्मघाती बम बिस्फोट गराउनेहरू दाजुभाइ हुन्। केरमनमा उनीहरू पन सुलेमानीको श्रद्धाञ्जली सभामा सहभागी थिए।

Laxmi bank
घटनाप्रति इरानले निन्दा गरेको छ। राष्ट्रपति इब्राहिम रइसीले यसलाई आइएसको कायरतापूर्वक कदम भनेका छन्।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले पनि आक्रमणको निन्दा गरेको छ।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर