
काठमान्डौ। भारतको कोलकाता यात्राको क्रममा एक जना नेपालको हवाई क्षेत्रमा लामो समय सम्म सेवा पुर्याएर ख्याति कमाएका चर्चित अशोक देवसंग जम्का भेट हुँदा उहाँको अनुभव सुन्न पाइयो। त्यति बेला नेपाल वायु सेवा निगम भित्रको समस्याका बारेमा पनि उहाँको अनुभव सुने ।
नेपालको दुर्गम देखि सुगम क्षेत्रमा लामो समय सम्म सेवा पुर्याएको अनुभव उहाँ संग छ।
नेपालको हवाई सेवा सुरक्षाको विषय प्रति अत्यन्तै चिन्चित देव अहिले आफ्नो अवकाश जीवन भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातामा बिताइरहनु भएको छ।

देव नेपालको झापा जिल्लाको भद्रपुर नगरपालिकाका स्थायी वासिन्दा हुन्।
नेपाल वायुसेवा निगममा बि.स.१९७३ मा प्राविधिक सेवा तत्कालिन स्टेशन म्यानेजरको रूपमा जागिर सुरू गर्नु भएका देव नेपाल वायुसेवा निगममा २२ वर्ष अर्थात बि.स.१९९५ सम्म सेवारत रहनु भएको थियो। जागिरको क्रममा विभिन्न आरोह अवरोह लाई पार गरेको अनुभूति गरेका उहाँ संग छ।
नेपाल बङ्गाली समाजका वरिष्ठ सल्लाहकार समेत रहनु भएका देव नेपालको राजनीति बारे पनि खुलेर बोल्नु हुन्छ। वायुसेवा निगमको अछाम विमानस्थलमा कार्यरत रहँदा तत्कालिन राजा बीरेन्द्र बीरविक्रम शाह र रानीको सवारी हुँदा दर्शन भेट गर्न तत्कालिन प्रमुख जिल्ला अधिकारीले ड्रेस कोड सहितको दर्शन भेट गर्न जारी गरेको उर्दी नमानेर चर्चामा आउनु भएको थियो।
जागिरे जीवनका क्रममा चाकडी चाप्लुसी नगर्ने प्रवृतिका धनी उहाँ आज भोलि फुर्सदको समयमा बाँसुरी बजाएर समय बिताउनु हुन्छ। बाँसुरीलाई उहाँले नेपालको सास्तो र लोकप्रिय बाजाको रुपमा चिनाउन मन पराउनु हुन्छ।
नेपाली माटो सुहाउँदो बाजाको रुपमा बाँसुरी रहेकाले मलाई बाँसुरी एकदमै मन पर्छ। नेपालमा बाँसुरी पहाड,हिमाल र तराईमा निकै लोप्रिय रहेको उहाँ बताउनु हुन्छ।
बाँसुरी धुनको मिठास कहिले नमर्ने उहाँको विश्वास छ।
विश्वमा नेपालको आफ्नै पहिचान रहेकाले यहाँ एक असल चरित्रका राज्य नेता आए देश बन्छ भने विश्वास छ उहाँमा ।