काठमाण्डौं । काठमाडौँ उपत्यका सहित तराईका जिल्लामा आज हल्का वर्षा सँगै चिसो बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले हिजो अस्तिको तुलनामा आज उपत्यका सहित तराईका जिल्लामा आज दिउँसो चिसो बढेको बताए।
उनका अनुसार आज दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौँ उपत्यकाको तापक्रम १५ डिग्री छ। यो हिजोभन्दा ५ डिग्री कम हो।
‘हिजो यही समय २० डिग्री थियो भने अस्ति २२ डिग्री’, उनले भने, ‘आज चिसो बढेकै हो।’
उनका अनुसार यतिबेला काठमाडौँ उपत्यकामा हुस्सु लागेको छ।
उनले भने, ‘भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभावले यस्तो भएको हो। यसको प्रभाव पूर्वी तराईका जिल्लातिर अझ बढी रहेको बताउनुभयो । मधेश प्रदेशका जिल्लाहरुमा पनि आज दिउँसो हल्का वर्षा भएको छ । वर्षा संगै यी जिल्लाहरुमा हुस्सुका समेत लागेको छ ।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर