कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘कङ्गारु’ साइन गरेका छन् ।
कलाकार घिमिरे र यो चलचित्रको निर्माणपक्षबीच सोमबार औपचारिक रुपमा सम्झौता भएको हो ।

निर्देशक सम्राटले केही समय अघि ‘कङ्गारु’ घोषणा गरेका थिए । यसअघि उनले निर्देशन गरेको चलचित्र ‘लाखे’लाई एक्सन जनरामा निर्माण भएको थियो । राजीव गुरुङ ‘दीपक मनाङे’को प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ ।
कलाकार घिमिरेले ‘छक्का पन्जा’ टिमभन्दा बाहिरको ब्यानरमा दोस्रो पटक काम गर्न लागेका हुन् । यो चलचित्रमा काम गर्ने सम्झौता गर्दै गर्दा आफू निकै नै उत्साहित रहेको कलाकार घिमिरेले बताए ।

फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् ।

चलचित्रको सह–निर्मातामा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टीका भण्डारी र सन्तोष अधिकारी (अस्ट्रेलिया) कार्यकारी निर्माता रहेको चलचित्रको लाइन प्रोड्युसरमा आस्याप इन्टरटेन्मेन्ट (अस्ट्रेलिया) रहेको छ ।

चलचित्रमा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहनेछ ।

केदार घिमिरे सम्झौता भएसँगै चलचित्रको बिषयमा निर्देशक बस्नेतले भने, –‘केही फरक कथा भन्न मन लागेको छ । कङ्गारुका लागि हामीले स्क्रिप्टमा मात्र २ वर्ष समय लगाएका छौँ । दर्शकले, यसपटक फरक स्वादमा चलचित्र हेर्न पाउनुहुनेछ ।’

केदारले यसअघि ‘छक्का पन्जा’ टिमभन्दा बाहिरको रामकहानी चलचित्रमा अभिनय गरेका थि

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर