पश्चिम नेपालमा गएराति गएको भूकम्पबाट मृत्यु भएकाको शव संकलनदेखि घाइतेहरूको उद्धार लगायतका काम धमाधम भइरहेको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसहित विभिन्न संघ संस्था, राजनीतिक दल तथा सरकारी अधिकारीहरू जाजरकोट र रुकुम पश्चिमका विभिन्न गाउँमा पुगेर उद्धारमा खटिएका छन्।

६.४ रेक्टर स्केलको भूकम्पबाट घरहरू भत्किएपछि पीडितहरू घरबारविहीन बनेका छन्।
जाजरकोट, रुकुम पश्चिम, दैलेख लगायतका जिल्लामा घरहरू भत्कँदा सर्वसाधरण बारीको पाटामा रातिदेखि नै छन्। 

शनिबार राति बारीकै पाटामा कोही त्रिपालमुनी बसेका छन् भने कोही खुला आकाशमै परालको ओछ्यानमा भेटिएका कम्बल ओडेर बसेका छन्।
उनले काठमाडौं फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आइतबार राहत सामग्री बोकेर सरकारी टोली जाजरकोट र रुकुम पश्चिममा पुग्ने बताएका छन्।
‘भोलि हामी त्रिपालसहितका राहत सामग्रीहरू बोकेर आउनेछ। मैले भोलि बिहान ८ बजे नै क्याबिनेटको बैठक बोलाइसकेको छु। लगत्तै विपद् व्यवस्थापन समितिको बैठक बसेर राहत र पुर्नस्थापनामा लाग्छ,’ उनले भने।






