आज (शुक्रबार) बिहान काभ्रेको पाँचखालमा आगलागी हुँदा नौवटा पसल जलेका छन्।

आगलागीबाट करोडौँ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। शुक्रबार बिहान सवा ६ बजे पाचँखाल नगरपालिका ४ समाजकल्याण चोकमा रहेको उद्धब प्रसाद तिमल्सिनाको घरको सटरमा विद्युत् सर्टभई अचानक आगलागी सुरु भएको जिल्ला प्रहरी कार्याल्य काभ्रेले जनाएको छ।
आगलागीमा परेर तिमल्सिनाको घरमा रहेका ४ वटा कपडा पसल, ३ वटा होटल, एउटा मोबाईल पसल र एउटा मासु पसल जलेका छन्।

आगलागीमा परेर चारवटा कपडा पसल भने पूर्णरुपमा जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। होटल, मोवाइल र मासु पसल भने आंशिक मात्रै जलेका छन्।

दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले झण्डै एक घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएका छन्।

क्षतिको यकिन विवरण संकलनको काम भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर