काठमाडौं १३ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशसभाको रिक्त समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ।
आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा यादवलाई चयन गरिएको हो।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर