खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँको लागि खसी बोका र च्याङग्रा काठमाडौं ल्याएको छ। विभिन्न जिल्लाबाट खरिद गरेर काठमाडौं ल्याइएको हो।

आज मंगलबार देखि बिक्री सुरु गरिने कम्पनीले जानाएको छ। कम्पनीले खसी बोका दाङ, मकवानपुर, नुवाकोट, तनहुँबाट खरिद गरेको हो भने च्यांग्रा जुम्ला र हुम्लाबाट ल्याएको हो।

घटस्थापनाको दिनदेखि नै बिक्री गर्ने लक्ष्य लिएपनि बाटोको समय लम्बिएको कारण दुई दिन ढिला बिक्री सूरु गर्ने भएको छ। कति मूल्यमा बिक्री वितरण गरिने विषय तय नभएको कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपाने सुबेदी बताउँछिन्।

उनी भन्छिन्, ‘लागत मूल्य हरेर आज साँझसम्म मूल्य निर्धारण हुने र भोलिदेखि बिक्री सुरु गर्ने योजना छ।’ कम्पनीले खसी बोका च्यांग्राका लागि आठ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

बाहिर भन्दा सहुलियत दिएर नै बिक्री गर्ने योजना कम्पनीले बनाएको छ। जिउँदोमा प्रतिकेजिको मूल्य तय गर्ने र तौलिएर बिक्री हुनेछ। कम्पनीको थापाथलीमा रहेको प्रादेशिक कार्यालयबाट बिक्री हुने छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर