राजविराज, २३ भदौं । राजविराजमा शनिबार बाबा गणिनाथको तीन दिवसीय महोत्सवको दोश्रो दिन शोभाकलश यात्रा निकालिएको छ ।
राजविराज ६ थानगाछीस्थित बाबा गणिनाथ मन्दिरको प्राङ्गणबाट निस्केको बाजा गाजासहितको शोभाकलश यात्रा बजार क्षेत्र परिक्रमा पश्चात् पुनः मन्दिर प्राङ्गणमा पुगि धार्मिक सभामा परिणत भएको हो ।

वर्षा भइरहेपनि शोभाकलश यात्राका सहभागिहरु त्यसका वावजुद धार्मिक यात्रामा सहभागि भए । सयौं महिला पुरुष र बालबालिका झण्डै पाँच किलोमिटरको पैदल शोभाकलश यात्रामागणि सहभागि भएको बाबा गणिनाथ महोत्सव आयोजक समितिका अध्यक्ष दिपककुमार साहले जानकारी दिए ।
यसअघि महोत्सवको पहिलो दिन शुक्रबार देवता र बाबा गणिनाथ कुल देवता भएका जातजातीलाई न्यौता (आमन्त्रण) र बिशेष पूजाको आयोजना गरिएको थियो । महोत्सवको अन्तिम दिन आइतबार आरती, भजन, प्रसाद बितरण, छाकी र जनार लगायतका धार्मिक बिधी गरि तीन दिवसीय महोत्सव सम्पन्न हुने महोत्सव आयोजक समितिका सचिव शत्रुघन प्रसाद साहले बताए ।
यस अवसरमा महोत्सव स्थल बाबा गणिनाथको मन्दिर तथा प्राङ्गण क्षेत्रलाई आकर्षक रुपमा सिंगारिएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर