सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष भूपेन्द्र भट्टराई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले धरानमा भट्टराईलाई राप्रपामा प्रवेश गराएका हुन्।

बिहीबार धरानमा आयोजित कार्यक्रममा वडाध्यक्ष भट्टराई राप्रपा प्रवेश गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। लिङ्देनले सदस्यता दिएर भट्टराईलाई पार्टीमा स्वागत गरेका थिए।

२०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा भट्टराई स्वतन्त्र उम्मेदवार भई वडाध्यक्ष निर्वाचित भएका थिए।

राप्रपाले नेताहरूलाई स्थानीय तह केन्द्रित गरी संगठन सुदृढीकरण लगायतका काममा खटाएको थियो। अध्यक्ष लिङ्देन धरानमा खटिएका थिए।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर