हालसम्म सबैभन्दा धेरै विद्युतीय गाडी टाटा ब्रान्डकै छन्। त्यसमा नेक्सन इभी बढी चलेको छ। ‘टियागो इभीको मार्केट नेक्सन इभीको जस्तै हुने आशामा छौँ,’ टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले भने, ‘नयाँ मोडेलको गाडी ल्याउने सूचनापछि एकदमै धेरै सोधखोज भइरहेको छ।’


सन् २०२३ को जनवरीमा लञ्च भएपछि भारतमा पहिलो पटक यो गाडी खरिद गर्नेहरु इभी टियागो खरिद गरिरहेका छन्। प्रोफेशनल ग्रुप र महिलाहरुको रोजाइमा टियागो परेको छ। भारतीय इभी मार्केटमा छोटो समयमा सबैभन्दा धेरै बुकिङ हुने साधनमा टियागो पर्छ। भारतमा ३ वटा भेरियन्टमा गाडी उपलब्ध छ। भारतमा बिक्री भइरहेको यो गाडीमा ४५ देखि ५५ किलोवाटको मोटर छ। यसले ११० देखि ११४ एनएम टर्क जेनेरेट गर्छ।गाडीमा स्पोर्ट र सिटी ड्राइभ मोड छन्। ४५ किलोवाटको गाडीमा १९.२ किलोवाट ब्याट्री छ भने ५५ किलोवाटको गाडीमा २४ किलोवाट आवरको छ। यसमा अटोमेटिक ड्राइभ सिस्टम छ। सीसीएस–२ चार्जिङ सिस्टम रहेको गाडीको लङरेञ्ज ३१५ किमी भएको टाटा मोटर्सले उल्लेख गरेको छ। टियागो इभी ५ वटा कलरमा उपलब्ध हुनेछ। टाटा मोटर्सले ३ वर्ष वा १ लाख किलोमिटरसम्मको वारेन्टी दिएको छ।
इभी हचब्याग सेगमेन्टमा टाटाको प्रतिस्पर्धी अरु नभएकाले राम्रो बजार लिन सक्नेमा कम्पनी विश्स्त छ। ‘अहिले अटोबजार हचब्याग सेगमेन्टबाट बाहिर जाँदै छ,’ सिप्रदी ट्रेडिङका सीईओ श्रेष्ठले भने, ‘टियागोले बजार लिँदा अरु प्लेयर आए पनि फरक पर्दैन।’

ग्राहकलाई इभी हचब्यागमा तान्न सक्दा सबै नयाँ प्रोडक्ट ल्याउनेलाई पनि फाइदा हुने उनी बताउँछन्। विद्युतीय गाडीमा बैंक तथा वित्तिय संस्थाले लगानी गर्ने समस्या पनि छैन। कम्पनीहरुले ८० प्रतिशतसम्म डाउन पेमेन्टमै गाडी बिक्री गरेका छन्। त्यस्तै टाटाले पञ्चको इभी पनि नाडा अटो शोमै सार्वजनिक गर्ने तयारी गरेको छ। नाडा अटो शोमा टाटा मोटर्सका उच्च अधिकारीसमेत आएर लन्च गर्दै छन्।
नयाँ गाडी खरिदमा चासो राख्नेहरु अधिकांश विद्युतीयतर्फ लागेका छन्। कम्पनीका अनुसार दुईतिहाइ ग्रहाकको चासो विद्युतीय गाडीमा छ। टाटाले आफ्ना सबै पेट्रोलका साधनलाई विद्युतीयमा मोडिफाई गरेरसमेत बजारमा ल्याउँदै छ।






