राजेन्द्र बिश्वकर्मा
सर्लाही,२९ जेठ । सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायले आफ्नो मनपरी ढंगले काम गरिरहेको भन्दै नेपाली कांग्रेस बसबरियाले ध्यानाकर्षण गराउँदै ९ बुँदे ज्ञापन पत्र बुझाएको छ। जनतासंग प्रत्यक्ष जोडिने सबैभन्दा तल्लो तह स्थानिय तहले जनताका दु:ख,सुखमा साथ दिनुपर्नेमा अध्यक्ष रायको मनपरीले गर्दा हरेक कुरामा जनतालाई समस्या पर्दै आइरहेकाले यस्ता कामहरु सुधार गरियोस भन्दै ज्ञापन पत्र बुझाईएको छ । गाउँपालिकाले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा पनि आफ्ना र अर्काका भन्दै पार्टीगत हिसाबले छुट्याएर दिने गरेको स्थानीयहरूको गुनासो छ। अध्यक्ष रायले कानुन बिपरितका क्रियाकलापहरु गर्दै आइरहेको र गाउँपालिकाले केहि दिन अघि ग्याँस, चुल्हो र सिलिण्डर वितरणमा पनि नाताबाद र पार्टीगत रुपले हेरेर कसैलाई ग्याँस, चुल्हो र सिलिण्डर दिएको त कसैलाई नदिएको भन्दै नेपाली कांग्रेस बसबरियाका कांग्रेस नेता गजेन्द्र साहले बताउनु भयो।

स्वतन्त्र तथा सामान्य नागरिक कुनै पनि कामको लागि गाउँपालिका कार्यालयमा जाँदा सहज रुपमा काम नगर्दिने र सामान्य कामको लागि पनि घण्टौसम्म नागरिकलाई कुराउने गरेको उहाँले बताउनु भो, “यदि तपाई उहाँको पार्टीको या नातागोताको हुनु हुन्छ भने त्यहाँ सहज र समयमै काम हुने तर तपाई अन्यकुनै अर्थात सामान्य त्यहाँको नागरिक भए सेवालिन गए समयमै काम नहुने घण्टौ सम्म कुराउने ” गरेको उहाँले बताउनु भयो । अध्यक्ष रायले सार्वजनिक सम्पतिलाई आफ्नो निजि कामहरुमा प्रयोग गर्ने गरेको र आगामी दिनमा यस्ता कामहरु नगर्न र सार्वजनिक सम्पतिहरुलाई जनताको कार्यमा अर्थात सहि ठाउँमा पर्योग गर्न उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ। यदि उक्त ज्ञापन पत्रमा समेटिएका कुराहरुलाई सुधार नगरे अझै त्यस्तै मनपरी ढंगले अघि बढे आन्दोलन गर्ने चेतावानी समेत दिएको छ। आन्दोलनबाट हुने सम्पूर्ण क्षेती गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतले जिम्मा लिनु पर्ने नेपाली कांग्रेस बसबरिया गाउँपालिकाका स्थानीय नेता गजेन्द्र साहले बताउनु भयो।

पटक पटक झै-झगडा तथा बिभिन्न बिषयमा बिबाद भईरहेने उक्त गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायलाई हाम्ले सम्पर्क गर्न खोज्दा उहाँले फोन उठाउनु भएन त्यसपछि हाम्ले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुञ्चुन यादवसंग यी बिषयमा बुझ्न खोज्दा उहाँले त्यस्तो कार्य नभएको तथा गाउँपालिकाले सबै नागरिकलाई सम्मान तरिकाले सेवा दिरहेको बताउनु भयो। आज भन्दा केहि महिना पहिला उक्त गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच झगडा भएको थियो। त्यस झगडामा पनि केहि सरकार सम्पतिको क्षेती पनि भएको थियो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर