जनकपुरधाम २१ जेठ । न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले सञ्चारकर्मीहरुको पारिश्रमिक चालिस प्रतिशतले बढाउन सिफारिस गरिएको बताउनु भएको छ। श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था चुनौती र भावी रणनीति बिषयक प्रदेश स्तरीय अन्तरकिया कार्यक्रममा बोल्दै महासंघ अध्यक्ष खड्काले सो कुरा बताउनु भएको हो।
उहाँले सिफारिस गरिएको पारिश्रमिक लागु भए ३४ हजार देखि ५२हजार सम्म तलब सञ्चारकर्मीले पाउने बताए। हैं सोही कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले कृयाशील पत्रकारीताका लागि नै नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरण अभियान सुरु गरेको बताउनुभयो । उहाँले यस अभियानले सिगो देश सुधार्ने नैतिक बल दिने भएकोले सबैलाई यस अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो । पत्रकारका लागि महासघले पेन्सनको व्यवस्था गरेकाले उत्साहका साथ पत्रकारीता गर्न आग्रह गर्नुभयो। राज्यले समाचारको विषयवस्तुमा अनुगमन गर्न आवश्यक नरहेको बताउनु भयो। पहुँच र दबाव नभएको अवस्थामा पनि विज्ञापन पाउन का विज्ञापन बोर्ड चाहिएको छ।अध्यक्ष पोखरेलले सबल सञ्चार संस्था निर्माणका लागि बिज्ञापन बोर्डको आवश्यकता रहेकोले यसको बिरोध गर्न नहुनेमा जोड दिनुभयो । उहाँले यदि विज्ञापन बोर्ड रहेन भने समानुपतिक विज्ञापन प्रणाली लागु गर्न नसकिने भएकाले बोर्डको बिरोध नगर्न आग्रह गर्नुभयो।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति अध्यक्ष राजेश कुमार कर्णले स्थानिय तह वा जिल्लास्तरमा विज्ञापनको समानुपातिक बितरण गरिनुपर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । अध्यक्ष कर्णले स्वरोजगारमुलक मिडिया र ठूला मिडियामा एउटै पारिश्रमिक निर्धारण हुनु हुँदैन फरक हुनुपर्नेमा जोडदिनुभयो । उहाँले न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई अनुगमन बाहेक कारबाही गर्न सक्ने अधिकार समेत दिनुपर्नेमा जोडदिनुभयो । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति अध्यक्षको राजेश कुमार कर्णको अध्यक्षतामा भएको कार्यक्रममा मिडिया काउन्सिल मधेश प्रदेशका काबा अध्यक्ष कैलाश दास, सामुदायिक रेडियो प्रसारक संघ नेपालका केन्द्रीय सदस्य नवीन नरसिंह नेपाली, नेपाल पत्रकार महासंघका पूर्व सचिव सितल महतो, न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्य अनिल कुमार मिश्र, सामुदायिक रेडियो प्रसारक संघका मधेश प्रदेश अध्यक्ष मनोज यादव, मिडिया काउन्सिल सदस्य अर्जुन मण्डल लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य नेपाल पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष मोनिका झाले दिनुभएको थियो। भने कार्यक्रम संचालन पत्रकार पुरन साहले गरेका थिए।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर