काठमाडौं १९ जेठ । नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधारको चार आयोजना निर्माण गर्न भएको सम्झौताले नेपालको इन्धन भण्डारणको क्षमता एक महिना बढ्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको दोस्रो दिन बिहीबार नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार निर्माणका ४ परियोजना २६ अर्ब लागतमा ५ वर्ष भित्र सम्पन्न गर्ने गरी समझदारी भएको थियो ।

दुई वटा पेट्रोलियम पाइपलाइन विस्तार र दुई वटा इन्धन भण्डारण डिपो निर्माण सम्झौतामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र उनका भारतीय समकक्षी हरदीप सिंह पुरीले चार आयोजना विकास सम्बन्धी सम्झादारी साटासाट गरेका थिए ।

समझदारीअनुसार भारतले तीन वटा परियोजनामा १७ अर्ब खर्च गर्नेछ भने एउटा भण्डारण डिपोमा नेपालले ९ अर्ब रुपैयाँ लगानी गर्नु पर्नेछ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर