काठमाण्डौं १४ जेठ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राज्यले दिनुपर्ने सूचनाहरू सबै नागरिकले सहज रुपमा पाउनुपर्ने बताउनु भएको छ।
सार्वजनिक सेवाको पारदर्शिता र सार्वजनिक वित्तको निगरानीको लागि सूचनाको हक सम्बन्धी दुई दिने प्रशिक्षक-प्रशिक्षण तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले सो कुरा बताउनुभएको हो।
राष्ट्रिय सूचना आयोगको सहयोग तथा सूचनाको हकका लागि राष्ट्रिय महासंघको आयोजनामा सम्पन्न तालिममा देशभरबाट जनाको २५ जनाको सहभागीता रहेको छ।
तालिममा संबिधानविद तथा प्रशासनविद् काशीराज दाहाल, डा. चन्द्र ढकाल, देवेसमनी त्रिपाठी, डा. लक्ष्मी राज पाण्डे, सुनिल बाबु पन्त, बबिता बस्नेत, डा. पवन साह,दिपेश घिमिरे , शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारी,राष्टि्य सूचना आयोगकी सूचना आयुक्त कमला ओली र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा.सुरेश आचार्यले प्रशिक्षण दिनु भएको थियो।
सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद बागचन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सहभागिहरुलाई आयोगको काम कर्तव्य र अधिकारको वारेमा जानकारी दिनु भएको थियो। कार्यक्रमको संयोजन सूचनाको हकका लागि राष्ट्रिय महासंघका काठमाण्डौं उपत्यका प्रदेश अध्यक्ष तारा बहादुर भण्डारी गरेका थिए।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर