अहिले प्रहरी हिरासतमा रहेका सचिव टेकनारायण पाण्डेले गृह सचिव भए लगतै काठमाडौंको पेप्सीकोलामा सात करोडको बंगला बनाएको बताइएको छ ।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उक्त बंगला भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पीडितहरुबाट उठाएको रकमबाट किनिएको उल्लेख छ।

टेकनारायण पाण्डे शिक्षा सेवाका कर्मचारी हुन । शिक्षा सेवामै लामो समय बिताएका उनी सचिव भएपछि भूमिसुधार मन्त्रालयमा बिताए।उनले १३ महिना गृह सचिव भएर काम गरेका थिए।

सचिव टेकनारायण पाण्डेले शरणार्थी प्रकरणमा खाँणलाई बुझाउन बिचौलियासँग रकम लिएको स्वीकार गरेको प्रहरी अधिकारीहरुको बताएका छन।

बालकृष्ण खाँणले गृहमन्त्री हुँदा शरणार्थीसम्बन्धी कार्यदलको गोप्य प्रतिवेदन किर्ते गरेको र ठगीमा सघाएबापत बिचौलियाबाट १ करोड २४ लाख भन्दा धेरै रकम लिएको प्रमाण भेटिएको छ ।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर