
बैशाख ११ , काठमाडौँ
मोडल तथा कलाकार रियाशा दाहाल र ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेल विवाह बन्धनमा बाँधिने भएका छन्।
रियाशा र भिक्टर ३ वर्षदेखि प्रेममा छन्। उनीहरुले ३ वर्षको प्रेमलाई आगामी वैशाख २२ मा विवाहमा परिणत गर्न लागेका हुन्।

युट्युबमा प्रसारण हुने भिडिओ सिरिज ‘आजकालको लभ’बाट चर्चामा आएकी रियाशा पछिल्लो समय टेलिचलचित्र ‘गाह्रो छ हो’मा काम गरिरहेकी छन्। रियाशाले थुप्रै म्युजिक भिडिओमा पनि काम गरेकी छन्।
भिक्टर चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का संस्थापक हुन्। यो पेज युवापुस्ता माझ निक्कै लोकप्रिय छ। यो पेजको लोकप्रियतापछि भिक्टरले ‘रुटिने’को उपनाम पाएका छन्।